करणले लिए अमेरिकाको तेस्रो विकेट

काठमाडाैं | असार ५, २०८०

करणले लिए अमेरिकाको तेस्रो विकेट तस्बिर फाइल

काठमाडौं:    नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्धको ३ विकेट लिएको छ । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ८ ओभरमा ३ विकेट गुमाउँदै १४ रन बनाएको छ ।


करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए ।


कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्